म जिवनभर अभावमा बाँचेकी छु, उ सँगको बिहेले मेरो जिवनमा आमुल परिवर्तन ल्याउन सक्छ, मलाई जान दे प्लीज !
मेरा आँखा रसाए तर आवाज अलिकति पनि लडबडिएन, ठिक छ, तँ जा !
जिवनका भोगाइहरु अनेक हुन्छन् । सहमति र सम्झौताका सम्बन्धहरु पनि अनेक हुन्छन, यहाँ को सहि ? को गलत ? सबै ठिक छन्, सबै थोक जाएज छ ।
मुनाको जिवनमा कुनै पञ्चायतको सरपञ्च आएको भए बिछोड हुदैँन थियो होला । मदनको जिवनमा साग र सिस्नु नै खाएर बस्न सक्ने कुनै यमुना नामकि युवति भएको भए मदनले ज्यान गुमाउन पर्दैन थियो होला ।
म अत्यधिक चाहन्छु तँलाई, तर म यति पनि स्वार्थि छैन कि तँलाई म बाँधेर राखौँ । मायामा अन्धो त पक्कै भएको हुँ तर यति धेरै पनि छैन कि तेरो सुखद भविस्य कहाँ छ देख्न नसकु ।
हाम्रो कथा मुना मदन जस्तो लेखिन र इतिहासमा देखिन जरुरि छैन । तँ जा !
- प्रशान्त पौड्याल
0 Comments